विशेष महाधिवेशन नस्विकार्ने संस्थापन पक्षका सभापतिहरूको निर्णय काठमाडौं। नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूको भेलाले आजको आवश्यकता महाधिवेशन भन्दै विशेष महाधिवेशन स्विकार्न नसकिने निर्णय गरेको छ। भेलामा २२ जिल्ला सभापतिहरू सहभागी थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिको भेलाले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको विकल्प अघि सारको थियो। भेलाले प्रस्तावलाई नकार्ने निर्णय गरेको छ। यी निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने भक्तपुरका सभापति दुर्लभ थापाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्