कांग्रेस संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला जारी काठमाडौं।महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरु छलफलमा जुटेका छन्।यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गरेको थियो।लगत्तै संस्थापन पक्षले पनि भेला आयोजना गरेको हो।बिहीबार बिहानदेखि समिट होटलमा सभापतिहरुको भेला सुरु भएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएपछि त्यसलाई चिर्न छलफलमा जुटेको थापाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्