लुम्बिनीमा गठबन्धनद्वारा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस बुटवल।लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन्। गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेको हो। गठबन्धनमा सूर्य चुनाव चिह्नबाट निर्वाचित हृदयश त्रिपाठी समूहमा रहेका अजय शाहीसमेत मिसिएका छन्। उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन्। आजै सानो आकारको मन्त्रिमण्डल बनाउने गठबन्धनको तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्