महाधिवेशन मितिबारे निर्णय गर्न काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। बिहीबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्दैछ। सभापति देउवाले सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक काँग्रेसको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ। महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्