लुम्बिनी प्रदेश सरकारमा गठबन्धनका दलले दाबी पेस गर्दै काठमाडौं।लुम्बिनी प्रदेश सरकारमा गठबन्धनका दलले आज दाबी पेस गर्दैछन्। मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न भनेका थिए। नेपाली काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्