सर्वाेच्चद्वारा महाकवि देवकोटाको घर भत्काउनुपर्नेबारे लिखित जवाफ माग रासस। सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनुपर्नुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो। अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्