लुम्बिनीमा माओवादी र कांग्रेसबाट आलोपालो मुख्यमन्त्री काठमाडौं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रियामा जुटेका विपक्षी गठबन्धनबिच मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ। मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले८÷८महिना आलोपालो गर्ने सहमति भएको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले बताए। उनकाअनुसार जसपा सरकारमा सहभागी हुने र जनमोर्चाले बाहिरै बसेर सहयोग गर्ने सहमति भएको हो।तत्काल तीन दलबाट एक–एक जना मन्त्री बन्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्