लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरुद्धको मुद्दा संवैधानिक इजलासमा काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा‘गम्भीर संवैधानिक व्याख्याको प्रश्न’देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। रिटको मागअनुसार अदालतले अन्तरिम आदेश नदिएपछि अब विशेष अधिवेशनको प्रक्रिया नरोकिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्