विश्वासको मत लिन तयार थिएँ, बलजफ्ती गरियो– शंकर पोखरेल काठमाडौं। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा पत्रमा आफू विश्वासको मत लिन तयार रहेपनि विपक्षी दलले बलजफ्ती गरेपछि राजीनामा दिएको बताएका छन्। ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको किनारा लागेपछि विश्वासको मत लिने प्रतिबद्धता व्यक्त गरेको थिएँ’,राजीजनामा पत्रमा उनले भनेका छन्। विशेष अधिवेशनमा हुने छलफलले अदालतको विचाराधीन मुद्दामा मात्रै होइन न्यायिक निरुपणमा पनि प्रभाव पर्ने देखेर त्यसअघि नै राजीनामा दिएको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्