नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखद्वारा आह्वान काठमाडौं। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन्। आज विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि उनले दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन्। मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्