‘केपी ओलीज्यू, दलको निर्देशन नमान्दा झल्र्यामझ्वाक भएको बिर्सिनुभयो ?’ काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले मंगलवार संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति गरेको टिप्पणीको आलोचना गरेका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै विडारीले दलिय व्यवस्थामा दलले सरकार हाँक्ने भन्दै गठबन्धनको सरकार भएकाले दलहरु मिलेर साझा कार्यक्रम ल्याएको बताए। ‘ओलीज्यू, तपाईंले चलाए जस्तो निर्दलीय सरकार होइन यो, दलको निर्देशन नमान्दा सत्ताबाट झल्र्यामझ्वाक भएको बिर्सिनुभयो?’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्