मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन्। मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए। मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्यालयले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नहुँदासम्म अहिलेकै मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी तोकिएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्