चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ रासस। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, “यसपटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन्। त्यसलाई स्वीकार गरेर आएको छु र अब पनि निराश बनाउँदिन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्