मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशसभा स्थगित काठमाडौं। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ। विशेष अधिवेशन जारी रहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो। बुधबार दिउँसो१बजे शुरु बैठकमा अविश्वास प्रस्तावसम्बन्धमा विपक्षी दलहरुले आफ्नो धारणा राखेका थिए।लगत्तै,सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र पढेर सूचना पाटीमा टास्ने निर्णयसहित बैठक स्थगित गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्