संसदबाट निर्वाचित मुख्यमन्त्रीले राजीनामा दिँदासमेत संसदलाई छल्नुभयो– कृष्णध्वज खड्का काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले संसद छल्दै सरकारमा टिकेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदासमेत संससदलाई छलेको आरोप लगाएका छन्। प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद खड्काले संसदबाट निर्वाचित मुख्यमन्त्रीले संसदमै राजीनामा बुझाउनुपर्ने जिकिर गरे। सत्तापक्षबाट दलफुटाउने,सांसद किनबेच,सांसद अपहरण गर्नेजस्ता अलोकतान्त्रिक र निर्लज्ज हकर्त भएपछि सरकारलाई बिदागर्न आफूहरु बाध्य भएको उनको भनार्इ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्