लाजै पचाएर मुख्यमन्त्री पदमा टाँसिरहेपछि अविश्वासको प्रस्ताव ल्याउन बाध्य भयौं–सहसराम यादव काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा हुँदाहुँदै लाजै पचाएर सत्तामा टाँसिरहेपछि बाध्य भएर अविश्वासको प्रस्ताव ल्याइएको बताएका छन्। प्रदेशसभामा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै यादवले मुख्यमन्त्री पोखरेलले जालझेल र लोकतान्त्रिक मूल्यमान्यता विपरीत सरकार सञ्चालन गरेको आरोप लगाए। अधिवेशनअघि नै राजीनामा दिएर मुख्यमन्त्री पोखरेलले बचेखुचेको लाज पचाएको टिप्पणी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्