रहरले अविश्वास प्रस्ताव ल्याएका होइनौं–वीरेन्द्रकुमार कनौडिया काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले रहरले नभई बाध्यतावश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताएका छन्।प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस गर्दै कनौडियाले सरकार गत बैशाखमै स्पष्ट अल्पमतमा पर्दापनि नैतिकरुपमा मार्ग प्रशस्त नगरी अनेक तिकडममा लागेपछि बाध्य भएर अविश्वास प्रस्ताव ल्याएको बताए।आफूहरुले मुख्यमन्त्रीलाई अल्पमतमा परेकाले विश्वासको मत लिनुस् भनेपनि अटेर गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गरेको उनको आरोप थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्