लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु, सत्तापक्ष एमालेद्वारा बहिष्कार काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको छ। सत्तापक्ष नेकपा एमालेले भने अधिवेशन बहिष्कार गरेको छ। संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै सत्तापक्ष एमालेले अधिवेशन बहिस्कार गरेको हो। हाल बैठकमा प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले बैठकमा प्रस्तुत गरेको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ। मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन शुरु हुनुअगावै राजीनामा दिइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्