देशी–विदेशी शक्ति एक भएर एमाले फुटाउन लागिरहेका छन् : भीम आचार्य काठमाडौं।नेकपा एमालेका सचिव भीम आचार्यले प्रतिक्रियावादी र देशभित्रका प्रतिगामी शक्तिहरु एमालेलाई फुटाउने प्रयत्न गरिरहेको बताएका छन्।बुधबार सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले पार्टीमा पनि विभाजनकारी प्रवृत्ति हाबी भएको भन्दै पार्टी एकताका लागि बिना जालझेल, छलछाम र हिचकिचाहट १० बुँदेलाई लागू गर्नुपर्ने बताए। टुटफुट र विभाजनकारी प्रवृत्तिलाई परास्त गर्दै पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई उनले अपिल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्