लुम्बिनी एमाले संसदीय दलको बैठक सम्पन्न, अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने अधिकार मुख्यमन्त्रीलाई काठमाडौं। संसदको विशेष अधिवेशन र मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावका बारेमा छलफल गर्न बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ। बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए। संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ, विशेष अधिवेशन अघि बढाइएकोप्रति बैठकले घोरआपत्ति जनाएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्