राजीनामा गर्ने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल बुटबल। प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन्।मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका छ। विपक्षी गठबन्धनमा बहुमत देखिएपछि पोखरेलले राजीनामा गर्न लागेको स्रोतले जनाएको छ। पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्