गगन थापाको सरकारलाई प्रश्न– परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने? काठमाडौं।नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोना महामारीबीच परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाएको आरोप गाएका छन्।उनले ट्वीटरमा भनेका छन्,“एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ। तर विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।”स्वास्थ्य मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेकोप्रति उनले आपत्ति जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्