लुम्बिनीका जसपाका थप दुई मन्त्री पनि राजीनामा दिने तयारीमा बुटवल।लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन्।प्रदेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग,वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्।यसअघि नै भाैतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेले राजीनामा दिएका थिए।उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्