लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरू दुई दिन देखि रिर्सोटमा काठमाडौं। लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले हिजोदेखि प्रदेशसभा सदस्यलाई रिर्सोटमा राखेका छन्। सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखेका प्रदेशसभा सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको ‘लुम्बिनी बुद्ध गार्डेन’मा सारिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार आह्वान भएको विशेष अधिवेशनका लागि भावी रणनीतिबारे छलफल गर्ने उद्देश्यले लुम्बिनीमा प्रदेशसभा सदस्यहरू भेला भएको माओवादी केन्द्रका सांसद सुदर्शन बरालले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्