जुनसुकै विधि अपनाएर भए पनि तोकिएकै मितिमा महाधिवेशन गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेलाले क्रियाशील सदस्यता विवाद तत्काल समाधान गरी तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेको छ। सोमबार र मंगलबार भएको भेलाले तोकिएकै मितिमा महाधिवेशन वा पुरानै प्रतिनिधिमार्फत विशेष महाधिवेशन गर्ने विकल्प अघि सारेको हो। पार्टीको वैधानिकता बचाउन तोकिएकै मितिमा महाधिवेशन गर्न सुझाव दिएको नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्