एकताको नाममा तानाशाही प्रवृत्तिसँग झुकिँदैनः माधवकुमार नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताको नाममा तानाशाही प्रवृत्तिसँग नझुक्ने बताएका छन्। नाम नलिईकन अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै नेपालले दृढताका साथ अगाडि बढ्ने र एकताका लागि कसैको टाङमुनि नछिर्ने बताएका हुन्। अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा राजनीतिक टिप्पणी नगर्ने भन्दै बोल्न सुरु गरेका नेता नेपालले सहमतिको नाममा अँध्यारो सुरुङमा छिर्न तयार नरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्