कर्णालीका चार नेतालाई उपचुनावमा जिताउने जिम्मा मेरोः माधवकुमार नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशसभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरूलाई पुनः जिताएर ल्याउने बताएका छन्। मंगलबार अनेरास्ववियुको एक कार्यक्रममा बोल्दै नेपालले कर्णालीका नेताहरूले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेकाले उपनिर्वाचन भएमा जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए। महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्