लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विरुद्धको रिट हेर्न नभ्याइनेमा काठमाडौं। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो। तर रिट हेर्न नभ्याइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए। सोमबार लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य लीला गिरीले रिट दायर गरेका थिए। योसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने भोलिको प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्