संसद्को रोष्टमबाट ओलीको प्रश्नः सरकारको साझा कार्यक्रममा लिपुलेक फिर्ता ल्याउँछौँ भन्न किन नसकेको? काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई समस्याका रूपमा चित्रण गरिएकोप्रति आपत्ति जनाएका छन्। प्रतिपक्ष दलको नेताका रूपमा मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो भूमि फिर्ता ल्याउने विषय समस्या हुन नसक्ने टिप्पणी गरे। उनले भने, ‘सरकारको साझा कार्यक्रममा सिधै भारतसँग वार्ता गरेर नेपालको भूमि फिर्ता ल्याउँछौँ भन्न किन नसकेको?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्