प्रधानमन्त्रीप्रति ओलीको कटाक्षः एक महिना खेर गयो, बाँकी समय शुभकामना खाएरै जाने भयो काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार शुभकामना र बधाई खाएरै कार्यकाल सक्ने दाबी गरेका छन्। मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले शुभकामना र बधाईको लहर र प्रतिपक्षलाई गाली गर्दागर्दै सरकारको अबको १४–१५ महिना सकिने उनको कटाक्ष थियो। मन्त्रिपरिषद्ले पूर्णता नपाएकोप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईँहरूको समय।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्