म प्रधानमन्त्री बन्न जन्मिएको होइन, संयोगले बनेः केपी शर्मा ओली काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको भन्दै संयोगले प्रधानमन्त्री बनेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफू देशको सेवाका निम्ति जन्मिएकाले काम गर्दै जाँदा प्रधानमन्त्री भएको स्पष्ट पारे। ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै उनले अनेक जालझेल र तिकडमकाबीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए। दुवै पटक आफू जनादेशबाट प्रधानमन्त्री बनेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्