एमाले अध्यक्ष ओलीले पुनःस्थापित संसदमा पहिलोपटक सम्बोधन गर्ने काठमाडौं। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। पुनःस्थापित प्रतिनिधिसभामा उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि देउवाले विश्वासको मतको लिएको बैठकमा मात्र उनी सहभागि भएका थिए। प्रतिनिधिसभाको आजको बैठकमा ओलीले प्रमुख विपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्