लुम्बिनी प्रदेशको अविश्वास प्रस्ताव विरुद्धको रिट न्यायाधीश राउतको इजलासमा काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै परेको रिटनिवेदनमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।पूर्वमन्त्री तथा सांसद लीला गिरीले दायर रिट निवेदनको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा तोकिएको छ।रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्