अर्थविद्को विज्ञतालाई अर्थमन्त्रालयमा जोड्दै सरकार काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औंल्याएका छन्। सोमबार नेपाल आर्थिक संघसँगको छलफलमा अर्थमन्त्री शर्माले यस्तो औल्याएका हुन्। मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्न नहुने भएकाले विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए। आफूले यस विषयमा योजना बनाइरहेको उनले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्