सरकारको साझा न्यूनतम कार्यक्रममा जनमोर्चाको असहमति काठमाडौं।राष्ट्रिय जनमोर्चा(राजमो)ले सत्तारुढ गठबन्धनद्वारा जारी सरकारको न्यूनतम साझा कार्यक्रममा असहमति प्रकट गरेको छ। जनमोर्चाको मातृ पार्टी नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा राजमोको सहमति नरहेको स्पष्ट पारेका हुन्। त्यसमा राजमोको नाम उल्लेख पनि नभएको र गठबन्धनमा सामेल भएपनि कैयौं मतभेदहरु रहेकाले सरकार वा सरकार सञ्चालनको संयन्त्रमा राजमो सामेल नरहेको स्पष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्