पौडेल पक्षको निचोडः कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय बैठकले १६–१९ भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निष्कर्ष निकालेको हो। वरिष्ठ नेता पौडेलले सबैले इमानदारितापूर्वक प्रयास गरे अझै पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने बैठकको निष्कर्ष रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्