जसपाले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटायो काठमाडौं। जनता समाजवादी पार्टीले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। निर्वाचन आयोगले जसपाको यस निर्णयलाई अद्यावधिक गरिदिएको छ। योसँगै ठाकुरको अध्यक्ष पद पनि गएको छ। ११ साउनमा आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न पत्र पठाएका थिए। आयोगको सोमबारको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्