ऊर्जा मन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ। सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपालसँग थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्