एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव काठमाडौं। नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ। विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको हो। प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मकै कमिटीमा लागु हुने गरी महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरू केन्द्रीय कमिटीले चयन गर्ने प्रस्ताव गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्