मन्त्रिपरिषद् बैठकः १ सहसचिव र ३ उपसचिवको बढुवा काठमाडौं। सरकारले सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकले परराष्ट्र सेवाका तीन उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गर्दै परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्