कर्णालीमा खोप राख्नेः ‘कोल्ड स्टोर’ नहुँदा समस्या काठमाडौं। कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारणमा समस्या देखिएको छ। सुर्खेत र जुम्ला बाहेकका जिल्लामा ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो। ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ। हाल प्रदेशमा जोन्सन एण्ड जोन्सन र भेरोसेलको खोप अभियान चलिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्