मन्त्रिपरिषद्को बैठक बस्दै, कुलमान नियुक्तिको प्रस्ताव लगिँदै काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक अहिले साँझ साढे ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गर्ने आजको बैठकको मुख्य एजेन्डा रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। । हाल प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्