लुम्बिनी प्रदेशका जसपा सांसदको रिटमा अन्तरिम आदेश जारी भएन काठमाडौं। सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका ३ सांसदलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिनु पर्ने/नपर्नेमा लुम्बिनी प्रदेशसभालाई कारण देखाऊ आदेश जारी गरेको हो। पार्टीको नीति विपरीत मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएकोमा जसपाले सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई संसद् पदबाट हटाइ कारबाही गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्