लुम्बिनी प्रदेशको अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै सर्वोच्चमा रिट काठमाडौं। लुम्बिनी प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। प्रदेशका पूर्व मन्त्री तथा एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। रिटमा भोलिलाई पेशी तोकिएको छ। अधिवक्ता प्रवेश केसीले प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गरेको रिट सर्वोच्चले दरपिठ गरिदिएपछि अविश्वासकै प्रस्तावविरुद्ध रिट दर्ता गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्