एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने, २२५ जनाको केन्द्रीय समिति राख्ने प्रस्ताव काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ। बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष वामदेव गौतमले बताए। उनकाअनुसार बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने र केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ। पारित प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्