कांग्रेस संस्थापनइतर जिल्ला सभापतिको बैठक शुरु, ४७ जिल्लाका सभापति सहभागी काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुको बैठक शुरु भएको छ। ठमेलस्थित एक होटेलमा जारी बैठकमा४७ जना जिल्लाका सभापतिहरु सहभागी रहेका छन्। कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने भएपछि संस्थापनइतर जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन्। नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार बैठकमा ३५ भौतिक र १२ जना भर्चुअल रुपमा सहभागी रहेका छन्। बैठकले महाधिवेशनबारे आवश्यक रणनीति तय गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्