प्रतिगमनको नयाँ भेरिएन्ट आउन सक्छ, सतर्क रहौं–डा. बाबुराम भट्टराई काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्ने बताएका छन्। पहिलो भेरियण्टले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै उनले दोस्रो भेरियण्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने बताए। एमालेको माधवकुमार नेपालपक्षले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेर पार्टी अध्यक्ष केपी ओलीसँग सहमति गर्ने चर्चा चलिरहँदा भट्टराईले ट्वीटरमा यस्तो लेखेका हुन्।उनले ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कन भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्