कांग्रेस संस्थापनइतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दैछ। अहिले १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने जनाइएको छ। पार्टीको १४औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले देखापढीलाई बताए। केसीकाअनुसार बैठकमा करिब ४० जिल्ला सभापति सहभागीता रहनेछ। बैठकमा जिल्ला सभापतिहरु मात्रै सहभागी हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्