पहिलो पटक जसपाको केन्द्रिय समितिको बैठक बस्दै, नेताहरुको कार्यविभाजन हुने काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन्। जसपा गठन भएपछि पहिलोपटक बैठक बस्न लागेका हो। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपाका प्रचारविभाग प्रमुख डम्बर खतिवडाले बताए। जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य भएपनि हाल ७७९ मात्रै कायम छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्