महन्थ ठाकुर पक्षको देशदौडाह जारी, आज पनि दुई जिल्लामा भेला हुँदै काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज नवलपरासी र बर्दियामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ। निर्वाचन आयोगले जसपाको वैधानिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्षको देश दौडाह जारी छ। ठाकुर पक्षले अहिलेसम्म धनुषा,सप्तरी, सिराहा,सर्लाही, कैलालीलगायत ८ जिल्लामा कार्यकर्ता भेला गरिसकेको छ। ठाकुरपक्ष साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरी देश दौडाहमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्